
काठमाडौं, बैशाख ४ । यस साता पूँजी बजारले नयाँ रेकर्ड कायम गर्यो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २३ अंकले बढेर अन्तिम दिन १४ सय ५ विन्दुमा पुग्यो ।
यो हाल सम्मकै उच्च विन्दु हो । यस साता जलविद्युत समूह बाहेक अरु कारोबार भएका सबै समूहमा बृद्धि आयो ।
यस साता वाणिज्य बैंक करिब २८ अंकले, विकास बैंक २४ अंकले, बीमा ५२ अंकले, होटल ५९ अंकले एवं उत्पादनमुलक समूह ३२ अंकले बढ्यो भने जलविद्युत समूह साढे ३ अंकले झ¥यो । यस साता कारोबार परिमाणमा पनि बृद्धि आयो ।
नेपाल स्टक एक्सचेन्जमा १ सय ४७ कम्पनीहरुको दुई अर्ब २६ करोड ८३ लाख रुपैयाँ बराबरका ४४ लाख ७२ हजार कित्ता सेयरहरु खरिद बिक्री भए ।
गत साता दुई अर्ब ८ करोड ९० लाख रुपैयाँ बराबरका ३४ लाख कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । कारोबार रकम गत साताको तुलनामा साढे ८ प्रतिशतले बढि हो ।
यस साता कारोबार रकम र कारोबार संख्याको आधारमा नेपाल बैंक र कारोबार भएको सेयर संख्याको आधारमा एनआइबिएल सम्वृद्धि फण्ड १ अग्रस्थानमा रहे ।
कारोबार रकमकै आधारमा नेपाल बैंकलाई नेपाल बंगलादेश बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, नबिल बैंक संस्थापक र सिटिजन्स बैक इन्टरनेसनलले क्रमशः पच्छ्याउन पुगे ।
प्रतिक्रिया दिनुहोस्