१३ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025


सुनको मूल्यमा उतार चढाव, यसरी भयो किनबेच


0
Shares

काठमाडौं, बैशाख ४ । यो हप्ता सुनको मूल्यमा उतार चढाव कायम रह्यो । साताको शुरुका दिन उकालो लागेको सुनको मूल्य अन्त्यतिर पुनः खस्किएको देखिएको छ ।

आइतबार स्थानीय बजारमा छापावाल सुन तोलाको ५४ हजार ५ सयमा कारोबार भएकोमा सोमबार र मंगलबार उकालो लागेर ५५ हजार २ सय पुगेको थियो ।

बुधबार नयाँ बर्षको विदा परेकाले सुनको मूल्य निर्धारण गरिएन । विहीबार पुनः झरेर ५४ हजार ५ सयमा आइपुग्यो भने शुक्रबार स्थीर रह्यो ।

चाँदीको भाउमा भने बृद्धि भयो । आइतबार तोलाको ७ सय १५ रुपैयाँमा किनबेच भएको चाँदी शुक्रबार ७ सय ४५ मा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

अमेरिकी अर्थतन्त्र सुदृढ रही अमेरिकी डलरको उच्च सटही दर कायम रहिरहेको र अन्तर्राष्ट्रिय शेयर बजार उकालो लागिरहेकाले सुनको मागमा प्रभाव परेको महासंघले जनाएको छ ।