Logo २७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026


कृषि आत्मनिर्भरताका लागि बजेटमा बृद्धि गर्न सुझाव


0
Shares

काठमाडौं, बैशाख ४ । सरोकारवालाहरुले आगामी आर्थिक वर्षको बजेटमा कृषिलाई प्राथमिकता दिन माग गरेका छन् ।

राजधानीमा शनिबार आयोजित ‘कृषिमा आत्मनिर्भरताका लागि आगामी बजेटले लिनुपर्ने बाटो’ विषयक अन्तक्र्रियामा उनीहरुले कृषिमा नेपाललाई आत्मनिर्भर बनाउन बजेट वृद्धि गर्न सुझावसमेत दिएका छन् ।

कृषि तथा जलस्रोत समितिका सभापति गगन थापाले संसदीय समितिले गर्ने बजेट पूर्वको छलफल विशेष महत्वपूर्ण हुने भएकाले आ–आफ्ना क्षेत्रका समस्या पहिचान गरी सरकारसँग बजेट माग गर्नुपर्ने बताए
उनले बजेट पारित भइसकेपछि संशोधन गर्न नसकिने भएकाले बजेट पूर्वको छलफललाई प्रभावकारी बनाउनुपर्ने बताए ।

आगामी बजेटमा कृषि अनुदानलाई बीमासँग जोड्न सरकारलाई उहाँको सुझाव थियो । सभापति थापाले आगामी बजेटमा कृषि उत्पादनको आयात कम गर्ने विषयलाई प्राथमिकतामा राख्न सुझाव दिए ।

कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीले आगामी बजेटमा एक जिल्लामा २ वटा बालीमा प्याकेजको व्यवस्था गर्ने, किसानलाई चार वर्गमा बर्गीकरण गरेर परिचयपत्रको व्यवस्था गर्ने, कृषिलाई उद्योगको रुपमा रुपान्तरण गर्ने तयारी भइरहेको बताए ।

उनले आगामी २ बर्षमा मुलुक धान, गहुँ, आलु, माछा र तरकारीमा आत्मनिर्भर हुने दबीसमेत गरे ।