५ चैत्र २०८१, मंगलबार | Wed Mar 19 2025


नेपालीको इज्जत जोगाउँदै क्रिकेट समर्थक समाज


0
Shares

-राजु चौधरी, ईमेज

काठमाडौं, वैशाख ५ । नेपाली क्रिकेट समर्थक समाजले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज सरसफाई गरेको छ ।

शनिबार भएको नेपाल र नामिबियाबीचको खेल हेर्न पुगेका दर्शकहरुले फोहोर गरेपनि समर्थक समाजले सरसफाई गर्न लागेको हो र आइसिसिको अनुमति लिएर नेपाली क्रिकेट समर्थक समाजले मैदान परिसरमा आवश्यक समवन्यका गरेको थियो । नेपाली क्रिकेट समर्थक समाजका आधिकारिक सदस्यहरु छातीमा रातो पाखुरामा निलो किनारा भएको राष्ट्रिय रंगको टिसर्टमा रंगिएका थिए ।

यस्तै नेपाली क्रिकेट समर्थक समाजले समर्थकलाई सहजता प्रदान गर्न पुरुष र महिलाको लागि छुट्टा छुट्टै अस्थाहि सौचालय निर्माण गरेको छ भने चैत(बैशाखको घाम चर्को हुने हुँदा भित्र पानीको बोतल लान नपाइने भएकाले यसैलाई ध्यानमा राख्दै समर्थक समाजले ग्राउन्डभित्र क्रिकेटप्रेमीका लागि २०० लिटर पानीको व्यवस्था गरेको थियो ।

समाजले सम्पुर्ण क्रिकेटप्रेमीको प्रतिनिधित्व गर्दै ग्राउन्डमा सुचनामुलक एवम् हौसला दिने ब्यानर प्रयोग समेत गरेको थियो। तर खेल सकिएपछि मैदान पुरै फोहोर भएकाले समाजले आज सरसफाई गर्दै चेतनामुलक कार्य गर्दै छ ।

समाजले भोली पनि यसरी नै सहयोग गर्ने जनाएको छ । समाजका अध्यक्ष भानुभक्त सिग्देलले क्रिकेटको सर्वोच्च निकायको ध्यान यही मैदानमा परेकाले नेपालीको इज्जतसंग यो सरसफाई अभियान जोडिएको बताए ।