
काठमाडौं, वैशाख ५ । अन्तर्राष्ट्रिय बजार पछ्याउँदै आइतबार स्थानीय बजारमा छापावाल सुनको मूल्य स्थिर रह्यो भने चाँदीको मूल्य केही बढ्यो ।
यस दिन छापावाल सुन तोलाको ५४ हजार ५ सय रुपैयाँमै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
स्थानीय बजारमा बिहीबारदेखि सुन लगातार यसै मूल्यमा कारोबार हुँदै आएको हो । चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बृद्धि भएर ७ सय ५० मा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रतिऔंस १२ सय ३३ डलर हाराहारीमा कारोबार भइरहेको थियो ।
प्रतिक्रिया दिनुहोस्