
काठमाडौं, वैशाख ५ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत हालसम्म चालु आर्थिक बर्षको विनियोजित बजेटमध्ये ३४ प्रतिशत बराबरमात्र खर्च भएको जनाइएको छ ।
आइतबार सम्पन्न मन्त्रालयको दोश्रो चौमासिक समीक्षा बैठकमा चालु आर्थिक बर्ष मन्त्रालय अन्तर्गत ७७ अर्ब २३ करोड विनियोजन भएकोमा २६ अर्ब ५६ करोड खर्च भएको जनाइएको हो ।
चालु तर्फ ४१ प्रतिशत र पूँजीगत तर्फ १८ प्रतिशत बराबर खर्च भएको जनाइएको छ ।
सो अवसरमा उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले मन्त्रालयको चौमासिक प्रगति समीक्षाको चित्र उत्साहजनक नभएको हुँदा वार्षिक लक्ष्य प्राप्त गर्ने दिशामा अब चनाखो हुन कर्मचारीलाई निर्देशन दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्