Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


दाउफिन्सलाई हराउँदै सशस्त्र भीमनारायण गोल्डकप च्याम्पियन


0
Shares

धनकुटा, जेठ ३ । १४औं संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ ।

शुक्रबार धनकुटामा भएको फाइनल खेलमा नेपालमा बस्दै आएका क्यामरुनका शरणार्थीहरुको क्लब दाउफिन्सलाई ‘टाइब्रेकर’मा ३–२ ले पराजित गर्दै सशस्त्र च्याम्पियन बनेको हो ।

खेलको निर्धारित् समयमा दुवै टिमबाट २–२ गोल भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

विजेता सशस्त्रले चार लाख रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्‍यो । उपविजेता बनेको दाउफिन्सले दुई लाख रुपैयाँमा चित्त बुझायो ।

फाइनल खेलको ‘म्यान अफ दी म्याच’ सशस्त्रका गोलरक्षक अमृत चौधरी घोषित भए ।

प्रतियोगितामा ८ टिम सहभागी थिए ।