
जनकपुर, वैशाख ६ । जनकपुर उपमहानगरपालीका २५ मैदामिलस्थित ढल्केबर–जनकपुर सडकखण्डमा भारतीय नम्बरको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाईते भएका छन् ।
प्रहरीका अनुसार मृत्यु हुनेमा जिपमा सवार धनुषा कुर्था बस्ने ३७ बर्षीय बिनोद पासवान रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।
सोही दुर्घटनामा परि चालक जनकपुर उपमहानगरपालिका २५ लक्ष्मीपुर बगेवाका ३० बर्षीय बिरेन्द्र कुमार दास र २८ बर्षीय स्वतन्त्र यादव घाईते भएका हुन् ।
घाईतेमध्ये दासको अवस्था गम्भिर रहेको छ । घाईते दुवैलाई उपचारको लागि जनकपुर अंचल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आज बिहान पौने ८ बजे दुर्घटना भएको हो ।
प्रतिक्रिया दिनुहोस्