१९ श्रावण २०८२, सोमबार | Mon Aug 4 2025


प्रधानमन्त्री ओली चढेको हेलिकोप्टर आकस्मिक अवतरण


0
Shares

भरतपुर, जेठ ३ । प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकोप्टर भरतपुरको आर्मी ब्यारेकमा आकस्मिक अवतरण गरेको छ ।

कपिलवस्तु जान लागेका प्रधानमन्त्री चढेको हेलिकोप्टर मौसमको खराबीका कारण अपराह्न ४ः५० बजे अवतरण गरेको हो ।

उनी ४० मिनेट ब्यारेकमा रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक दीपेन्द्र शाहले जानकारी दिए ।

मौसममा सुधार आएपछि प्रधानमन्त्री ओली कपिलवस्तु प्रस्थान गरेको उनले बताए । रासस