५ चैत्र २०८१, मंगलबार | Wed Mar 19 2025


पारस खड्काले बनाए कीर्तिमानी शतक


0
Shares

काठमाडौं, वैशाख ६ । कप्तान पारस खड्काले आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा कीर्तिमानी शतक प्रहार गरेका छन् ।

विश्व क्रिकेट लिगअन्तर्गत् सोमबार त्रिवि क्रिकेट मैदानमा भएको नामिबियाविरुद्धको खेलमा उनले शतक प्रहार गरेका हुन् ।

उनले ८८ बलमा आफ्नो शतक पूरा गरे । जसमा ७ छक्का र ५ चौका सामेल थियो ।

‘ए लिस्ट’ क्रिकेटमा पारसको यो पहिलो शतक हो । उनी ९४ बलमा १०३ रन बनाएर पवेलियन फर्किए । ए लिस्ट क्रिकेटको एकै इनिङ्समा उनको यो सर्वाधिक स्कोर पनि हो ।

पारसले योसहित आफ्नो करियरमा शतक संख्यालाई २ पुर्‍याएका छन् ।

यस्तै, यही खेलमा शरद भेषावकरले पनि अर्धशतक पूरा गरेका छन् । उनले नामिबियाविरुद्धको अघिल्लो खेलमा पनि अर्धशतक प्रहार गरेका थिए ।