१३ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025


पोखरामा यातायात व्यवसायीबीच झडप, ७ जना घाइते


0
Shares

पोखरा, वैशाख ६ । पृथ्वी राजमार्ग बस सन्चालक समितिको सिन्डिकेट कायम रहँदा पोखरामा नयाँ उज्यालो यातायात व्यवसायी संघ आबद्ध व्यवसायी र मजदुरबीच झडप भएको छ ।

पोखराको जिरो किलोमिटरमा शाखा कार्यालय स्थापना गरेको उज्यालोका व्यवसायीमाथि सोमबार पृथ्वी राजमार्गका व्यवसायी र मजदुरले आक्रमण गरेपछि झडप भएको हो ।

झडपमा दुबैतर्फका गरी ७ जना घाइते भएका छन् ।

प्रहरीले आक्रमणमा संलग्न तीनजनालाई नियन्त्रणमा लिएको छ ।