
चितवन, वैशाख ७ । चितवनमा यो वर्ष करिब रु ८८ करोडको आलु उत्पादन भएको छ ।
जिल्लामा कुल एक हजार ९१८ हेक्टर क्षेत्रफलमा लगाइएको खेतीबाट ३५ हजार ९९ मेट्रिकटन आलु उत्पादन भएको थियो । यो वर्ष आलु प्रतिकिलो रु २० देखि रु ३० सम्ममा बिक्री भएको थियो ।
जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत धनबहादुर थापाकाअनुसार गत वर्ष ३४ हजार ६०८ मेट्रिकटन उत्पादन भएकोमा रु साढे ८६ करोड आम्दानी भएको थियो ।
यो वर्ष आलु विकास कार्यक्रमअन्तर्गत् कृषकलाई जिल्लामा पाँच मेट्रिकटन बीउमा ७५ प्रतिशतका दरले अनुदान दिएको कार्यालयले जनाएको छ । रासस
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्