Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


वैदेशिक रोजगारबाट फर्कनेलाई लक्षित गर्दै प्रदेश ५ ले ल्यायो कोरोना विशेष कार्यक्रम


0
Shares

प्युठान । प्रदेश ५ सरकारले कोरोना विशेष कार्यक्रम ल्याएको छ ।

भाइरस फैलिएपछि भारत तथा तेस्रो मुलुकबाट फर्कने युवाको संख्या बढ्दै गएकाले उनीहलाई लक्षित गरी कोरोना विशेष कार्यक्रम ल्याएको हो ।

प्रदेश सरकारको यो कार्यक्रम प्यूठानका स्थानीय तहले लागू गरेका छन् । सोही अनुसार प्यूठानको नौबहिनी गाउँपालिकाले अहिले भारत तथा अन्य देशबाट फर्किएका युवाको तथ्यांक संकलन गरिरहेको छ ।

विशेष कार्यक्रमका लागि प्रदेश ५ सरकारले प्यूठानका ९ स्थानीय तहमा ४ करोड १४ लाख रुपैयाँ बजेट पठाएको छ ।

जसबाट प्यूठानमा १८ सय जनाले अनुदान पाउनेछन् । कृषिमार्फत युवाहरुलाई स्वरोजगार बनाउन व्यवसायिक तरकारी खेती, बाख्रापालनका लागि अनुदानको व्यवस्था गरिएको छ ।