१९ श्रावण २०८२, सोमबार | Mon Aug 4 2025


सडक दस्तुर संकलन केन्द्रमा आगजनी, प्रहरी सहायक निरीक्षक घाइते


26
Shares

विकास पौडेल (इमेज)

चितवन, जेठ ३ । चितवनको टिकौलीमा रहेको सडक उपभोग दस्तुर संकलन केन्द्रमा शुक्रबार आगजनी गरिएको छ ।

मोटरसाइकलकोसमेत दस्तुर लिन लागेपछि स्थानीयले आगजनी गरेका हुन् ।

प्रहरीले आगो तुरुन्तै नियन्त्रणमा लिएकाले धेरै क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।

आगो निभाउनेक्रममा प्रहरी सहायक निरीक्षक कल्पना खड्का घाइते भएकी छन् ।

घाइते खड्काको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

नयाँ ठेकदारले यही जेठ १ गतेदेखि सबैसँग दस्तुर संकलन गर्न सुरु गरेको थियो ।

एउटै जिल्लाभित्र आवत–जावत गर्दासमेत पटकैपिच्छे दस्तुर तिर्नुपर्ने अवस्था भएपछि स्थानीय आक्रोशित भएका हुन् ।