२१ बैशाख २०८२, आइतबार | Mon May 5 2025


महिला राष्ट्रिय लिग फुटबलमा पुलिसको लगातार दोस्रो जित


0
Shares

काठमाडौं, वैशाख ७ । महिला राष्ट्रिय लिग फुटबलमा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हासिल गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी प्रतियोगितामा पुलिसले मंगलबार पूर्वाञ्चललाई ४–१ ले हरायो ।

पुलिसका लागि निशा सुनारले २ तथा निरु थापा र यशोधा लामाले एक–एक गोल गरे । जितसँगै पुलिस ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

त्यस्तै, मंगलबारै भएको दोस्रो खेलमा मध्यमाञ्चलले मध्यपश्चिमाञ्चलाई ८–० ले हरायो ।

रश्मी घिसिङले ह्याट्रिक गरेको खेलमा सीता कुसवारले दुई गोल गरिन् ।