२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


तिब्बतमा गएको भूकम्पले ताप्लेजुङमा हल्लायो


0
Shares

काठमाडौं, बैशाख ८ । चीनको तिब्बतलाई केन्द्रबिन्दु बनाएर मंगलबार राति गएको भूकम्पको धक्का पूर्वी नेपालका जिल्लाहरुमा समेत महसुस गरिएको छ ।

राति ११ बजेर ७ मिनेटमा गएको ४ दशमलव ४ म्याग्निच्युटको भूकम्पको धक्का ताप्लेजुङसहित पूर्वका अधिकांश जिल्लामा महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

ताप्लेजुङ सदरमुकाम फुङ्लिङ, सिमाना नजिकैको ओलाङ्चुङगोला, लेलेप, पापुङ गाविसमा भूकम्पको ठूलो धक्का महसुस गरिएको स्थानियले बताएका छन् ।

१० सेकेण्ड गएको भूकम्पको केन्द्रविन्दु जमिन भन्दा नजिकै रहेकाले नेपालको पूर्वी क्षेत्रमा समेत महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।