१९ श्रावण २०८२, सोमबार | Mon Aug 4 2025


मिडिया काउन्सिल विधेयक नसच्याए सशक्त आन्दोलन गर्ने चेतावनी


0
Shares

काठमाडौं, जेठ ३ । संघीय सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक तत्काल फिर्ता लिनुपर्ने माग गर्दै सन्चारकर्मीहरुले शुक्रबार देशभर प्रदर्शन गरेका छन् ।

मिडिया काउन्सिल विधेयक संविधानको भावनाविपरीत ल्याइएको र यसले सम्पूर्ण सन्चार क्षेत्रलाई बन्धक बनाउन खोजिएको आरोप लगाउँदै सन्चारकर्मीले देशभर प्रदर्शन गरेका हुन् ।

यसैक्रममा नेपाल पत्रकार महासंघको अगुवाइमा सन्चारकर्मीहरुले नयाँबानेश्वरस्थित संघीय संसद भवनअगाडि प्रदर्शन गरेका छन् ।

सन्चारकर्मीहरुको प्रदर्शनमा नागरिक समाजलेसमेत ऐक्यबद्धता जनाएको थियो ।

प्रदर्शनपछि गरिएको विरोधसभामा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले मिडिया काउन्सिल विधेयक फिर्ता गरेर नसच्याएसम्म आन्दोलनलाई सशक्त बनाउने चेतावनी दिए ।

कार्यक्रममा नागरिक समाजका अगुवा सुन्दरमणि दीक्षितले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकले प्रेस जगतलाई कुन्ठित पार्ने दाबी गरे ।

विरोधसभामा सहभागी सन्चारकर्मीहरु सन्चारसामग्री र मुखमा कालोपट्टी बाँधेर उपस्थित भएका थिए ।

पत्रकार महासंघले सो विधेयक सच्याउन माग गर्दै विभिन्न निकायको ध्यानाकर्षणसमेत गराइसकेको छ ।