
काठमाडौं, असार २८ । काठमाडौंदेखि भोजपुरसम्मका लागि नयाँ पदमार्ग सार्वजनिक गरिएको छ ।
मैयुङ, टेम्के, साल्पा, सिलिङचुङ पर्यटन प्रवद्र्धन केन्द्रले ‘मुन्धुम ट्रेल’ नामक नयाँ पदमार्ग सार्वजनिक गरेको हो ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भोजपुरका सांसद सुदन किराँतीले मुन्धुम ट्रेलको नक्सा विमोचन गरे ।
कार्यक्रममा मैयुङ, टेम्के, साल्पा, सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष रमेशकुमार राईले नयाँ पदमार्ग काठमाडौंबाट, दिक्तेल, टेम्केडाँडा, चखेवा, साल्पा भञ्ज्याङ, सिलिङचुङ हुँदै भोजपुरसम्म पुग्ने बताए ।
यस पदमार्गबाट विश्वका ८ हजार मिटरभन्दा अग्ला ६ ओटा हिमाल देख्नसकिने बताइएको छ ।
भोजपुरलाई पर्यटकीयस्थलकारुपमा विकास गर्न यो पदमार्ग विकास गरिएको जनाइएको छ ।
लोप हुँदै गइरहेको राई जातिको संस्कृति र परम्परा संरक्षणका लागि पदमार्ग निर्माण गरिएको अध्यक्ष राईको भनाइ छ ।
सांसद किराँतीले भोजपुरलाई पर्यटकीयस्थलकारुपमा विकास गर्न पूर्वाधारको विकास सँगसँगै मानिसमा चेतना पनि आवश्यक रहेको बताए ।
सन् २०२० सम्म नेपालमा २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य पूरा गर्न यस्ता नयाँ गन्तव्यहरु विकास गर्नुपर्ने आवश्यकता पनि सो अवसरमा औंल्याइएको थियो ।
प्रतिक्रिया दिनुहोस्