१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


सहायकमन्त्रीमा रेशम लामा सिफारिस


0
Shares

काठमाडौं, वैशाख ८ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संघीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री पदमा रेशम लामालाई सिफारिस गरेको छ ।

पार्टीका नेता देवेन्द्र प्रधानकाअनुसार पार्टी संगठन सुदृढीकरणमा पुर्‍याएको योगदानको कदरस्वरुप लामालाई उक्त पदमा सिफारिस गरिएको हो ।

काभ्रे स्थायी बसोबास भएका लामा पछिल्लो संविधानसभामा समानुपातिक सभासद रहेको हैसियतले अहिले व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गरिरहेका छन् ।

यसअघि उक्त जिम्मेवारी विराज विष्टलाई दिइएको भएपनि पार्टी नीतिविपरीत कार्य गरेकाले पार्टीले उनलाई फिर्ता बोलाएको थियो । रासस