२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


शेयरमा दैनिक नयाँ रेकर्ड


0
Shares

काठमाडौं, वैशाख ८ । बुधबार पनि शेयर बजारमा सुधार जारी रह्यो ।

बजार परिसूचक नेप्सेमा दोहोरो अंक बराबरको सुधार आयो भने कारोबार परिमाण पनि अर्ब नाघ्यो ।

नेप्से १० अंक बराबरले उकालो लागेर १४ सय ४० मा पुग्यो । बीमा र जलविद्युत् बाहेक कारोबार भएका अरु सबै समूहमा सुधार आयो । वाणिज्य बैंक समूहमा १६ अंकको उच्च बृद्धि भयो ।

समूह पनि ७ अंकले बढ्यो । अरु समूह सामान्य अंकले सकारात्मक रहेका हुन् । बीमा समूहमा भने २३ अंकको गिरावट आयो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३० कम्पनीको १३ लाख ९७ हजार कित्ता शेयर १ अर्ब ८ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।