
कास्की, बैशाख ९ । केही दिन पहिले कास्कीमा परेको असिना पानीले नौं करोड रुपैयाँभन्दा बढीको बालीनालीमा क्षति भएको छ ।
राष्ट्रिय कृषक समूह महासंघ जिल्ला समिति कास्कीले हावाहुरी तथा असिना पानीले बालीनालीमा ठूलो क्षति पुर्याएको तथ्यांक सार्वजनिक गरेको हो ।
जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रमेश कोइरालाले असिनापानीले तरकारी, प्लाष्टिक घर, फलफूल, गहुँ, जौ, उवा, मसुरो, मकै र फापरलगायतका बालीमा क्षति पुर्याएको बताए ।
कार्यालयले अघिल्ले वर्ष पनि २१ करोड रुपैयाँ बराबरको बालीनालीमा क्षति भएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्