१९ श्रावण २०८२, सोमबार | Mon Aug 4 2025


सन्धिखर्क दुर्घन्धित बन्दै, नगर क्षेत्रका फोहोर खुला स्थानमै बिसर्जन


0
Shares

सागर महत

अर्घाखाँची, जेठ ३ । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क नगरपालिकाबाट निस्केको फोहोर व्यवस्थापनमा समस्या देखिएको छ । डम्पिङ साइट अव्यवस्थित र साँघुरो भएकाले वरपरको वातावरण ज्यादै दुर्गन्धित र प्रदूषित बनेको हो ।

करिब २७ हजार जनसंख्या रहेको सन्धिखर्क नगरपालिकाको फोहोर फाल्ने ठाउँ औलाखोलामा छ । यो डम्पिङ साइट साँघुरो र अव्यस्थित भएकाले निकै कुरुप र प्रदूषित भएको छ ।

फोहोर फाल्ने ठाउँ सडककै नजिक रहेकाले सडकभरी फोहोर छरपस्ट हुँदा पैदल यात्रा होस् या सवारी साधनमा यात्रा गर्दा होस् दुर्गन्धले खपिनसक्नु हुने गरेको छ ।

फोहर फाल्ने ठाउँ खुल्ला ठाउँमा रहेकाले कुुकुर, गाई, गोरु लगायतका जनावरहरुले यत्रतत्र छरिरहेका हुन्छन् । जसका कारण समस्या दिन प्रतिदिन बढ्दो क्रममा छ । फोहोर व्यवस्थापनका लागि कर्मचारी र गाडीको व्यवस्था गरे पनि उचित ठाउँको अभावमा व्यवस्थित हुन नसकेको नगरप्रमुख कमलप्रसाद भुसालको भनाइ छ ।

वातावरणलाई स्वच्छ, सफा र हराभरा राख्ने कामलाई हेलचेक्र्याई गर्दा स्थानीय डुङ्डुङ्ती गन्हाउने फोहोरको दुर्गन्धबाट आजित बनेका छन् । आफ्नो ठाउँलाई सफा र चिटिक्क पार्न नसक्दा प्राकृतिक सौन्दर्यलाई नै कुरुप बनाएको छ ।

भिडियो हेर्नुहोस्