१९ श्रावण २०८२, सोमबार | Mon Aug 4 2025


चौथो मातृभाषा पत्रकारिता दिवस मनाइँदै


0
Shares

काठमाडौं, जेठ ३ । चौथो मातृभाषा पत्रकारिता दिवस विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ ।

प्रथम मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्यको स्मरण गर्दै मातृभाषा पत्रकारिता दिवस मनाउन थालिएको हो । नेवाः पत्रकार राष्ट्रिय दबू र मांभाय् पुचः ललितपुरले आज पुल्चोकस्थित धर्मादित्य धर्माचार्यको प्रतिमामा माल्यार्पण गर्दै उनको स्मरण गरेका छन् ।

राणाकालमा ‘नेपालभाषा र बुद्धधर्म’ पत्रिका प्रकाशन गरेका धर्मादित्यको योगदानको स्मरण गर्दै मातृभाषा पत्रकारिता दिवस मनाउन थालिएको हो । कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसहित नेपाल पत्रकार महासंघ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, मधेसी पत्रकार संघलगायतका संगठनका प्रतिनिधि तथा साहित्यकारहरुले धर्मादित्य धर्माचार्यको योगदानको राज्यले कदर गर्नुपर्ने बताए ।