Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


उत्तरी नाका खोल्न सरकारलाई दबाब दिन अभियान


0
Shares

कञ्चनपुर, वैशाख १० । भारतसँगको सीमा नाका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार संचालन गर्न र चीनसँगको नाका खोल्न सरकारलाई दबाब दिने उद्देश्यले मेची महाकाली–हिमाल तराई राष्ट्रिय अभियान सुरु गरिएको छ ।

कञ्चनपुरको शुक्लाफाँटा बन्यजन्तु आरक्षबाट आज शुरु गरिएको अभियानमा सुदूरपश्चिमका नौवटै जिल्लाबाट करिव नौ सयजना सहभागी छन् ।

नेपाललाई उत्कृष्ट संस्कार र संस्कृतिको नमुना पर्यटकीय देशका रुपमा चिनाउन अभियान संचालन गरिएको हो ।

कञ्चनपुरबाट सुरु भएको अभियान डडेल्धुरा, बैतडी, गोकुलेश्वर, दार्चुला, सनुसरा, छाङरु हुँदै चीनको सीमा क्षेत्र तिंकरमा पुगेर तीनवटै देशाको झण्डा फहराएपछि दार्चुला सदरमुकाममा आएर समापन हुने अभियानका सहभागी विष्णु अवस्थीले जानकारी दिए ।