
काठमाडौं, वैशाख १० । नेपाल बक्सिङ संघले क्यान्सरपीडित पूर्वराष्ट्रिय बक्सिङ खेलाडी ईन्द्रबहादुर मगर र प्रशिक्षक दीपक राईलाई आर्थिक सहयोग गरेको छ ।
मकाउमा बस्दै आएका पूर्वराष्ट्रिय खेलाडीहरुले संकलन गरेको रकम मगर र राईलाई जनही ५५ हजार ५ सय ५५ रुपैयाँको दरले शुक्रबार प्रदान गरिएको हो ।
मगरलाई भने संघको तर्फबाट थप २५ हजार रुपैयाँ पनि प्रदान गरिएको छ । बक्सिङ संघका अध्यक्ष राजीव श्रेष्ठले सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
यस्तै, बक्सिङ खेलाडी दीपक महर्जनले क्यान्सरपीडित प्रशिक्षक दीपक राईलाई १० हजार रुपैयाँ छुट्टै सहयोग प्रदान गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्