
काठमाडौं, वैशाख १० । ताजिकिस्तानमा हुने एएफसी यु–१४ गल्र्स क्षेत्रीय च्याम्पियनसिप फुटबलमा सहभागी हुने नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिदाइ गरेको छ ।
१७ खेलाडी र पाँच अफिसियललाई शुक्रबार बिदाइ गर्दै एन्फाका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले यो समूहको टोलीलाई उत्कृष्ट खेल पस्कने बाध्यता नभएपनि टिमले राम्रो प्रदर्शनगर्नेमा आशावादी रहेको बताए ।
विनोद लामाको मुख्य प्रशिक्षणमा रहेको नेपाली टिमले पहिलो खेलमा आगामी बुधबार भारतसँग खेल्नेछ भने बिहीबार बंगलादेशसँग खेल्ने कार्यक्रम छ ।
अर्को समूहमा आयोजक ताजिकिस्तान, कीर्गिस्तान, भुटान र इरान रहेका छन् ।
नेपाली टिम शनिबार राति ताजिकिस्तान जाँदैछ ।
प्रतिक्रिया दिनुहोस्