
काठमाडौं, बैशाख ११ । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटअन्तर्गत शुक्रबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर विजयी भएको छ ।
बैंग्लोरले राइजिङ पुणे सुरपर जाइन्ट्सलाई १३ रनले हरायो । बैंग्लोरले प्रस्तुत गरेको एक सय ८६ रनको लक्ष्य पछ्याएको पुणेले २० ओभरमा ८ विकेट गुमाएर एक सय ७२ रन मात्रै बनायो ।
पुणेका अजिन्क्या राहानेले ६०, कप्तान महेन्द्र सिंह धोनीले ४१, थिसरा परेराले ३४ तथा रजत भाटियाले २१ रन बनाएपनि जितका लागि पर्याप्त भएन । बैंग्लोरका केन रिचर्डसनले तीन तथा सेन वाट्सनले दुई विकेट लिए ।
यसअघि पुणेमा पहिले ब्याटिङ गरेको बैंग्लोरले तीन विकेटको क्षतिमा एक सय ८५ रन बनायो ।
बैंग्लोरका एबी डी भिल्लियर्सले ४६ बलमा ८३ तथा कप्तान विराट कोहलीले ६३ बलमा ८० रन बनाए । पूणेका थिसरा परेराले तीन विकेट लिए ।
अहिलेसम्म खेलेका चार खेलमा दुईमा पराजित र दुईमा विजयी भएको बैंग्लोर चार अंकसहित तेस्रो स्थानमा छ । यस्तै चार खेलमा एकमा जित र तीनमा पराजित भएको पुणे दुई अंकसहित सातौं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्