
काठमाडौं, जेठ २ । एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकबीच एकापसमा गाभ्ने/गाभिनेसम्बन्धी सहमति भएको छ ।
बिहीबार राजधानीमा एक कार्यक्रम गरी एनएमबि बैंकले ओम डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने सम्झौता गरेको हो ।
हाल एनएमबि बैंकको चुक्ता पुँजी ९ अर्ब ६१ करोड रुपैयाँ छ भने ओमको चुक्ता पुँजी २ अर्ब ५१ करोड छ ।
ओमलाई गाभेपछि बैंकको चुक्ता पुँजी साढे ११ अर्बमाथि पुग्नेछ ।
हाल स्वाप रेसियोको टुंगो लागिसकेको छैन । दुवै बैंकको डीडीए रिपोर्टपश्चात् आउने नतिजाअनुसार १० अंक थपघट हुनसक्ने गरी दुवै बैंकबीच सम्झौता भएको जनाइएको छ ।
मर्जरपछि बन्ने एकीकृत बैंकको प्रमुख कार्यकारी अधिकृतमा हालका एनएमबि बैंकका सीइओ सुनिल केसी र ओम डेभलपमेन्ट बैंकका विश्वमोहन अधिकारी डेपुटी सीइओ हुने सहमति पनि भएको छ ।
प्रतिक्रिया दिनुहोस्