
काठमाडौं, बैशाख ११ । स्पेनिस लिग ला लिगा फुटबलमा आज रियल मड्रिडले रायो भायकानोसँग प्रतिस्पर्धा गर्दै छ ।
खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे रायो भायकानोको मैदानमा हुने छ ।
ला लिगा फुटबल अन्तर्गत आजै राती १० बजे हुने खेलमा एथ्लेटिको मड्रिडले मालागाको सामना गर्दै छ ।
यस्तै, आजै राती सबा १२ बजे साविक बिजेता बार्सिलोना र स्पोर्टिङ गियोन पनि आमने सामने हुँदै छन् ।
जारी ला लिगा फुटबलमा ३४ औं चरणका खेल सकिंदासम्म समान ७९ अंक जोडेका बार्सिलोना र एथ्लेटिको मड्रिड क्रमशः पहिलो तथा दोस्रो स्थानमा छन् ।
१ अंक कम रहेको रियल मड्रिड तेस्रो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्