
काठमाडौं, जेठ २ । पछिल्ला दिन निरन्तर सकारात्मक रहँदै आएको सेयरबजारमा साताको अन्तिम दिन बिहीबार भने सामान्य अंकको गिरावट आयो ।
नेप्से सामान्य अंकले रातो रहे पनि कारोबार भने अर्ब बराबर नै पुग्यो ।
उचार–चढावबीच बजार परिसूचक नेप्से २ अंक बराबरले ऋणात्मक रहेर १३ सय १८ विन्दु कायम हुन पुगेको हो ।
कारोबार भएकामध्ये बढीजसो समूह रातो रहेसँगै नेप्से पनि ऋणात्मक रहन गएको हो ।
यसदिन उत्पादनमूलक, विकास बैंक, निर्जीवन बिमा, वित्त र सामूहिक कोष समूह उकालो लागे । उत्पादनमूलक ९९ अंकले उकालो लाग्यो । निर्जीवन बिमा र विकास बैंक समूह पनि दोहोरो अंकले सुधारिए ।
वाणिज्य बैंक, होटल, जलविद्युत्, अन्य, लघुवित्त र जीवनबिमा समूह भने ऋणात्मक रहे ।
यसदिन १७३ कम्पनीका ३० लाख कित्ता बराबर सेयर ९५ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्