
अपडेटः
खोटाङ, वैशाख ११ । खोटाङमा अचानक हावाहुरी र पानीसँगै परेको चट्याङ लागेर शनिबार दुईजनाको मृत्यु भएको छ ।
बाक्सिला फुटबल क्लबको आयोजनामा भइरहेको फुटबल खेल हेरिरहेका दर्शक सप्तेश्वर गाविस–३ का ६० वर्षीय जगतबहादुर राई र नुनथला गाविस–१ मौरेकी ७३ वर्षीया दिलशोभा राईको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
घाइते १३ जनामध्ये गम्भीर अवस्थाका चारजनालाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएको छ ।
प्रतिक्रिया दिनुहोस्