काठमाडौं, वैशाख ११ । काठमाडौंको हाँडीगाउँस्थित टुँडालदेवीको जात्रा स्थानीय बासिन्दाहरुले शनिबार धुमधामकासाथ मनाएका छन् ।
टुँडालदेवीको रथलाई हाँडीगाउँस्थित गहनापोखरीमा तीनपटक परिक्रममा गराइ टुँडालदेवीको जात्रा मनाइएको हो ।
टुँडालदेवीको रथलाई गहनापोखरी लैजानुअघि हाँडीगाउँ परिक्रमा गराइएको थियो ।
किम्बदन्तीअनुसार टुँडालदेवी गहना खोज्न पोखरीमा गएकाले उक्त पोखरीको नाम गहनापोखरी रहन गएको हो ।
त्यसैले टुँडालदेवीको गहना खोज्न रथलाई पोखरीभित्र लैजाने र महालक्ष्मीको रथ पोखरीबाहिर राखेर यो जात्रा मनाउने गरिन्छ ।




प्रतिक्रिया दिनुहोस्