
सिन्धुपाल्चोक, वैशाख ११ । सिन्धुपाल्चोकको बाह्रबिसेमा स्थनीय बासिन्दाले भूकम्पबाट ध्वस्त भएको प्रहरीचौकी निर्माण गरी हस्तान्तरण गरेका छन् ।
स्थानीय टोल सुधार समितिले आर्थिक संकलन गरेर प्रहरी भवन निर्माण गरी हस्तान्तरण गरेको हो ।
४ लाख ७५ हजार रुपैयाँ नगद र जनश्रमदानबाट भवन निर्माण सम्पन्न भएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक राजु पाण्डेले जानकारी दिए ।
भवनको प्रमुख जिल्ला अधिकारी गोर्कणमणी दुवाडी र डीएसपी विश्व अधिकारीले शनिबार संयुक्तरुपमा उद्घाटन गरेका थिए ।
कार्यक्रममा भूकम्पपछि उद्धार र राहतमा उत्कृष्ट काम गरेको भन्दै इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक राजु पाण्डेलाई सम्मान पनि गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्