
काठमाडौं, बैशाख १२ । भूकम्प गएको वर्ष दिन पुग्दा पनि परकम्प आउन छाडेको छैन ।
शनिबार राति पनि नुवाकोट केन्द्रविन्दु भएर ४ दशमलव २ म्याग्निच्यूडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार राति २ बजेर १६ मिनेटमा परकम्प गएको हो । यो पोहोर वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ म्याग्नेच्यूड भूकम्पकै परकम्प भएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए ।
योसँगै भूकम्प गएको एक वर्षमा ४ म्याग्निच्यूडमाथिका ४ सय ५० वटा परकम्प गएका छन् । ४ रेक्टर स्केल भन्दा साना हजारौं पराकम्प गएका केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्