बुटवल, जेठ २ । प्रदेश नम्बर–५ को बजेट अधिवेशन बिहीबारदेखि सुरु भएको छ ।
प्रदेशसभा भवन बुटवलमा सुरु भएको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका थिए ।
बैठकमा बोल्दै सांसदहरुले प्रदेशको नयाँ आर्थिक वर्षको बजेट जनमुखी र कार्यान्वयनमैत्री हुनुपर्नेमा जोड दिए ।
सत्तापक्षकै सांसदहरुले पनि सुन्दा राम्रो तर कार्यान्वयन गर्न नसकिनेखालको बजेट हुन नहुने र स्थानीय आवश्यकतालाई प्राथमिकता दिन सुझाव दिए ।
विपक्षी नेपाली कांग्रेसका सांसदहरुले संघीय सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयकको विरोध गरेका थिए ।
प्रदेशसभाको अर्को बैठक यही जेठ ९ गते बस्नेछ ।








प्रतिक्रिया दिनुहोस्