
काठमाडौं, वैशाख १३ । नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतमा विगुल फुक्ने तयारी भइरहेको छ । भारतीय संचारमाध्यमका अनुसार भारतको मध्यप्रदेशस्थित उज्जैन, सिंहस्थमा आयोजित महासम्मेलनमा यसबारे घोषणा हुँदैछ ।
मध्यप्रदेश राज्य सरकारकै सहयोगमा २२ अप्रिलदेखि २१ मईसम्म विशेष मेला आयोजना भइरहेको छ । सोही मेलाका क्रममा १८ मईमा महासम्मेलन आयोजना हुने भारतीय अखबार दैनिक जागरणले जनाएको छ ।
उक्त महासम्मेलनमा नेपालका पूर्व राजा ज्ञानेन्द्र शाहसमेत सहभागी हुने सो पत्रिकाले जनाएको छ । पूर्वराजासँगै अयोध्या आन्दोलनका अगुवा गोपालदास पनि सहभागी हुनेछन् ।
सिंहस्थको उजडखेडास्थित पाइलट बाबाको क्याम्प नजिकै पण्डाल स्थापना गरेर हिन्दु राष्ट्र घोषणा अभियान चलाइएको सो पत्रिकाले जनाएको छ ।
महासम्मेलनमा भारत र नेपालबाट ठूलो संख्यामा हिन्दु धर्मावलम्बी भेला हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्