२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


ब्राजिलका पूर्वराष्ट्रपति टेमर सशर्त रिहा


0
Shares

रियो डे जेनेरियो, जेठ २ । भ्रष्टाचारको आरोपमा जेलमा रहेका ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमर बुधबार जेलमुक्त भएका छन् ।

टेमरलाई भ्रष्टाचारको आरोपमा साओ पाउलो राज्यको सैनिक प्रहरीको मुख्यालयमा राखिएको थियो । तर पूर्व राष्ट्रपति टेमरलाई अन्यत्र भाग्न वा न्यायमा अबरोध गर्न नपाउने गरी छाडिएको छ ।

गत मङ्गलबार ब्राजिलको सर्वोच्च अदालतले टेमरलाई रिहा गर्न आदेश दिएको थियो । अदालतले टेमर विरुद्ध चलिरहेको मुद्दामा कुनै ठोस प्रमाण नभेटिएको जनाएको छ । 

अदालतको आदेशमा टेमरले आफ्नो पासपोर्ट सरकारी अधिकारीलाई बुझाउनु पर्ने तथा आफ्नो निवासलाई अन्यत्र सार्न नपाउने भनिएको छ । (रासस÷सिन्ह्वा)