२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


पाकिस्तानमा विषाक्त मिठाइ खाँदा २३ जनाको मृत्यु


0
Shares

काठमाडौं, वैशाख १३ । पाकिस्तानको पन्जाब प्रान्तमा विषाक्त मिठाइ खाँदा कम्तिमा २३ जनाको मृत्यु भएको छ ।

गत हप्ता पन्जाब प्रान्तका एक व्यक्तिले आफ्ना छोराको जन्मोत्सव मनाउन ल्याएको मिठाइ खाएपछि घटना सार्वजनिक भएको हो ।

ती व्यक्ति र उनका ११ जना नातेदारको विषाक्त मिठाइ खाएर मृत्यु भएको थियो भने ७७ जना बिरामी परेका थिए । त्यसमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको छ ।

प्रहरीले स्थानीय मिठाइ पसलका दुईजना मालिक र एकजना कामदारलाई पक्राउ गरेको छ ।

विषादीको प्रयोग कसरी गरियो भन्नेबारे अनुसन्धान भैरहेको छ । (एजेन्सी)