२५ बैशाख २०८२, बिहिबार | Fri May 9 2025


बाबुले चलाएको ट्याक्टर दुर्घटनामा छोराको मृत्यु


0
Shares

चितवन, वैशाख १४ । पश्चिम चितवनको नारायणी नगरपालिकामा बाबुले चलाएको ट्याक्टर दुर्घटना हुँदा छोराको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति उक्त दुर्घटना हुँदा स्थानीय १४ वर्षका प्रशान्त पोखरेलको ज्यान गएको हो ।

पश्चिम चितवनको नारायणी नगरपालिका–१ स्थित जितपुरबाट पर्सा बजारतर्फ आउँदै गरेको ना४त ७१९१ नम्बरको ट्याक्टर सडकबाट करिब दुई मिटर तल खसेर दुर्घटना भएको हो ।

बाबु दीपक पोखरेलले चलाएको ट्याक्टरमा सवार छोरा प्रशान्त दुर्घटनामा परी गम्भीर घाइते भएका थिए ।

उनको उपचारका लागि भरतपुरतर्फ ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ । (रासस)