२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


क्यान निलम्बनः अब के ? यसो भन्छ राखेप (भिडियो रिपोर्ट)


0
Shares

काठमाडौं, वैशाख १४ । अन्ततः नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय हैसियत समाप्त गुमेको छ ।

झन्डै तीन वर्षदेखिका अनेक उतार–चढाव र विवादले ग्रस्त नेपाल क्रिकेट संघ (क्यान)को सदस्यता अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले निलम्बन गरेपछि नेपाली क्रिकेटको औपचारिक हैसियत समाप्त भएको हो ।

नेपाली क्रिकेट खेल मैदानभित्र जति सफल, व्यवस्थित र उत्साहजनक छ, मैदानबाहिर त्यति नै अव्यवस्थित र निराशाजनक छ ।

मैदानभित्र खेलाडीहरुले दिलाएको सफलतासँगै विश्वभर चुलिएको नेपाली शानलाई आर्थिक अपारदर्शीता, असक्षम व्यवस्थापन र दलगत् स्वार्थमा झुमेका क्रिकेटका पात्रहरुले बदनाम गर्रारहेका छन् ।

हुन त, नेपाली खेलकुदमा राजनीतिक हस्तक्षेप नौलो विषय होइन । तर, अतिले खती भनेझैं अति राजनीतिकरणको परिणाम नेपाली क्रिकेटले भोगेको छ ।

क्रिकेट खेलमा अति राजनीतिकरण अर्थात् सरकारी हस्क्षेप भएको र निष्पक्ष एवं पारदर्शी चुनाव हुन नसकेको आधार देखाँउदै आइसीसीले नेपाल क्रिकेट संघलाई निलम्बन गरेको छ ।

देशभित्र क्रिकेट नेतृत्वविहीन भएको र आफ्नो नियम उल्लंघन गरेको तर्क आइसीसीको छ ।

आइसीसीको यो निर्णयपछि अब नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय हैसियत के हुन्छ त ? एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्