२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


सिंहदेवी सेमिफाइनलमा, कर्णको ह्याट्रिक


0
Shares

तेह्रथुम, वैशाख १४ । तेह्रथुमको बसन्तपुरमा जारी दोस्रो लालीगुराँस गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत् मंगलबार भएको खेलमा सिंहदेवी युवा क्लब विजयी भएको छ ।

बेलबारी फुटबल क्लब, मोरङलाई ३–० ले पराजित गर्दै सिंहदेवी क्लबले सेमिफाइनलको यात्रा तय गरेको हो ।

सिंहदेवीका लागि कर्ण लिम्बुले खेलको ३४औ, ५७औं र ७१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । खेलको ‘म्यान अफ द म्याच’ पनि उनी नै घोषित भए ।

बुधबारको खेल जनजागृति युवा क्लब, हिले र डीडब्लुवाइसी, विराटनगर तथा दोर्जे गियर प्रालि, काठमाडौं र सिंहदेवी क्लब, सिधुवा-धनकुटाबीच हुनेछ ।