
काठमाडौं, वैशाख १४ । ललितपुरमा जारी महिला राष्ट्रिय लिग फुटबलको सुपर लिगमा सशस्त्र प्रहरीले शानदार प्रदर्शन गरेको छ ।
समूह चरणमा त्रिभुवन आर्मी क्लबलाई गोल अन्तरले पछाडि पार्दै समूह विजेताकारुपमा सुपर लिगमा पुगेको सशस्त्रले मंगलबार पूर्वाञ्चलमाथि कीर्तिमान रच्नेक्रममा १५–० को जित हासिल गर्यो ।
सावित्री भण्डारी एक्लैले ८ गरेको खेलमा सजना रानाले ह्याट्रिक पूरा गरिन् ।
त्यस्तै, लक्ष्मी पौडेलले दुई तथा अनु लामा र अनिता बस्नेतले एक–एक गोल गरे ।
नेपालको महिला लिगमा यति ठूलो जित र एकै खेलाडीले एकै खेलमा ८ गोल गरेको पनि यो पहिलो घटना हो ।
प्रतिक्रिया दिनुहोस्