२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


नेपाल र नेदरल्यान्ड्सबीचको खेल तालिका सार्वजनिक


0
Shares

काठमाडौं, वैशाख १४ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले नेपाल क्रिकेट संघ (क्यान)लाई निलम्बन गरेको भोलिपल्ट विश्व क्रिकेट लिग च्याम्पियनसिपको नेपाल र नेदरल्यान्ड्सबीचको खेल तालिका सार्वजनिक गरेको छ ।

सोअनुसार नेपालले नेदरल्यान्ड्ससँग उसकै मैदानमा साउन २९ र ३१ गते खेल्नेछ ।

आइसीसीको यो खेल तालिकाले क्यान निलम्बनमा परेपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भने कुनै असर नगर्ने प्रस्ट भएको छ ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सहभागी ८ टिममा नेदरल्यान्ड्स १० अंकसहित शीर्ष स्थानमा छ ।

नेपाल भने ४ अंकसहित पाँचौ स्थानमा छ । शीर्ष चारमा रहने टिमले विश्वकप एक दिवसीय छनोट खेल्न पाउने छन् ।

आइसीसीले नेपाली खेलाडीलाई कुनै असर नपर्ने बताइरहँदा अब भने निरन्तर अभ्यासको चाँजोपाँजो मिलाउन सरकार चुक्न नहुने स्पस्ट भएको छ ।

फाइल फोटो