२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


मुस्ताङी पूर्वराजा जिग्मे बिरामी


0
Shares

काठमाडौं, वैशाख १५ । मुस्ताङी पूर्वराजा जिग्मेपरबल बिष्ट सिकिस्त बिरामी भएका छन् । काठमाडौं, बौद्धमा परिवारसहित बस्दै आएका ८४ वर्षीय बिष्टलाई ब्लड प्रेसरका साथै युरिक एसिडको समस्या छ ।

विसं २०६२/०६३ को जनआन्दोलनसम्म उपल्लो मुस्ताङको शासनसत्तामा शक्तिशाली रहेका पूर्वराजा बिष्ट त्यसयता भने विष्क्रिय छन् । आधा नेपाली र आधा तिब्बती भाषा बोल्ने पूर्वराजा बिष्ट जनताका समस्या सुनेर निर्णय लिने, कम बोल्ने, असहाय, गरिब तथा बृद्धबृद्धालाई सम्मान गर्ने बानीका कारण उपल्लो मुस्ताङमा अझै लोकप्रिय छन् ।

उनीसँग अहिले पूर्वरानी सिटोलपरबल बिष्ट, पूर्वराजकुमार जिग्मेसिंगी परबल (अशोक), पूर्व राजकुमारी र नातिनातिना बस्छन् ।

बिरामी रहेका कारण बिष्ट उपल्लो मुस्ताङको सबैभन्दा ठूलो चाड तिजी पर्वमा दुई वर्षदेखि उपस्थित हुन सकेका छैनन् ।
–अन्नपूर्ण पोस्टबाट