
काठमाडौं, जेठ १ । बुधबार पनि सेयरबजारमा सुधार जारी रह्यो ।
नेप्से सामान्य अंकले सकारात्मक रहँदा कारोबार उच्च रह्यो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से साढे ५ अंकले उकालो लागेर १३ सय २१ पुग्यो ।
यसदिन आधा समूह हरियो रहे भने आधा रातो रहे । विकास बैंक, व्यापार, वाणिज्य बैंक, अन्य, वित्त र लघुवित्त सकारात्मक रहे भने अरु ऋणात्मक रहे ।
विकास बैंक र व्यापार दोहोरो अंकले सकारात्मक रहे । अरु सामान्य अंकले हरियो रहे । उत्पादनमूलक समूहमा ५९ अंक, निर्जीवन बिमा समूहमा ३८, होटल समूहमा ३४ अंक अनि जीवनबिमा समूहमा पनि १७ अंकको कमी आयो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १७२ कम्पनीका साढे ४० लाख कित्ता सेयर एक अर्ब ३३ करोड रुपैयाँमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्