२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


जो हार्टको उत्कृष्ट बचाउ, म्यानचेस्टर सिटी र रियाल मड्रिडले बराबरीमा


0
Shares

काठमाडौं, बैशाख १५ । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताका सेमिफाईनल खेलहरु सुरु भएका छन् ।

मंगलबार राति भएको सेमिफाईनल पहिलो लेगको खेलमा इङ्ल्यान्डको म्यानचेस्टर सिटी र स्पेनको रियाल मड्रिडले बराबरी खेलेका छन् ।

सिटीको मैदानमा भएको खेल गोलरहीत बराबरीमा सकिएको हो । खेलको अन्त्यतिर सिटीका गोलरक्षक जो हार्टले दुईवटा उत्कृष्ट बचाउ गरेपछि दुबै टोलीले बराबरीमा चित्त बुझाएका हुन् ।

म्यानचेस्टर सिटी र रियाल मड्रिडबीचको दोस्रो लेगको खेल अर्को हप्ता रियाल मड्रिडको मैदानमा हुनेछ ।

च्याम्पियन्स लिग फुटबल अन्तर्गत दोस्रो सेमिफाईनलमा बुधबार राति स्पेनको एथ्लेटिको मड्रिड र जर्मनीको बायर्न म्युनिख भिड्नेछन् । यो खेल स्पेनिस क्लब एथ्लेटिकोको मैदानमा हुनेछ ।