
काठमाडौं, वैशाख १५ । चैत महिनामा १० महिलाको हत्या भएको र २७ महिला तथा किशोरी बलात्कारमा परेको एक सन्चार अध्ययनले देखाएको छ ।
सञ्चारिका समूह नेपालले विभिन्न १५ राष्ट्रिय दैनिकमा गरेको सन्चार अनुगमनकाक्रममा अधिकांश पीडित १० देखि १५ वर्ष उमेर समूहका रहेको देखिएको छ ।
अध्ययनकाक्रममा सन्चारमाध्यमले महिला हिंसासम्बन्धी समाचारलाई दिएको स्थान सन्तोषजनक देखिएको थियो ।
अनुगमनले महिलामाथि हिंसा गर्नेमा परिवारका सदस्य, छिमेकी, राज्य, पीडक उल्लेख नभएका र अन्य भएको देखाएको छ ।
अध्ययनमा गोरखापत्र, कान्तिपुर, नागरिक, नयाँ पत्रिका, हिमालय टाइम्स, कारोबार, राजधानी, अन्नपूर्ण पोस्ट, नेपाल समाचारपत्र, कमाण्डर पोस्ट, सौर्य दैनिक, नेपाली दैनिक तथा द काठमाडौं पोस्ट, रिपब्लिका, द हिमालयन टाइम्स र द राइजिङ नेपाललाई समेटिएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्