
काठमाडौं, वैशाख १५ । सुर्तीजन्य पदार्थ र धूमपानको प्रयोगले मानिसको शरीरसँगै वातावरणलाई पनि प्रदुषित बनाउँदै लगेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
क्यान्सर काउन्सिल नेपालले बुधबार राजधानीमा गरेको कार्यक्रमका सहभागीहरुले सुर्तीजन्य पदार्थले वातावरणलाई नै फोहोर बनाउँदै लगेको बताए ।
स्वास्थ्य मन्त्रालयका उपसचिव खिमानन्द भुसालले साथीभाइको संगत र देखासिखीबाट युवाहरु कुलतमा फस्दै गएको भन्दै यस्तो समस्यालाई बेलैमा रोक्न नसकिए युवा पुस्ताको भविष्य नै जोखिममा पर्ने बताए ।
बाटोघाटो तथा सार्वजनिक शैचालयमासमेत धूमपान गर्न नपाउने व्यवस्था लागू गरिएको जानकारी उनले दिए ।
प्रतिक्रिया दिनुहोस्