३१ जेष्ठ २०८२, शनिबार | Sun Jun 15 2025


नेत्रविक्रमका विद्यार्थीद्धारा काठमाडौं जिल्ला शिक्षा अधिकारीलाई कालोमोसो


0
Shares

काठमाडौं, वैशाख १५ । विद्यार्थीको एक समूहले काठमाडौं जिल्ला शिक्षा अधिकारी शंकर गौतमलाई बुधबार कार्यालयमा दुर्व्यवहार गरेको छ ।

कार्यालय आएका नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी निकट अखिल (क्रान्तिकारी)सम्बद्ध ती विद्यार्थी कार्यकर्ताले विवाद झिकी गौतमलाई कालोमोसोसहित हातपातको प्रयास गरेका थिए ।

सो संगठनका अध्यक्ष पूर्णसिंह बराइलीले पूर्वयोजनाअनुसार घटना नभएको र यसबारे आफूहरुले थप कुरा बुझिरहेको बताए ।

जिशिअ गौतमले राज्यको जिम्मेवारी लिइ जनताको सेवा गर्न बस्दा तराईका जिल्लामा गोलीकोसमेत धम्की खेपेको जनाउँदै यस घटनालाई आफूले सामान्यरुपमा लिएको प्रतिक्रिया दिए । रासस