३१ जेष्ठ २०८२, शनिबार | Sun Jun 15 2025


पद्मकन्या माविको छात्राबास भवनको शिलान्यास, ३ करोड ७० लाख लागत


0
Shares

काठमाडौं, वैशाख १५ । राजधानीको डिल्लीबजारस्थित पद्मकन्या उच्च माविमा निर्माण गरिने मंगलादेवी सिंह मेमोरियल कन्या छात्राबास भवनको बुधबार शिलान्यास गरिएको छ ।

भारतीय दूतावासको सहयोगमा निर्माण हुने सो छात्राबास भवनको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेपालका लागि भारतीय राजदूत रणजित रायले संयुक्तरुपमा शिलान्यास गरेका हुन् ।

३ करोड ७० लाख रुपैयाँको लागतमा ४६ कोठासहितको चारतले भवन बनाउने लक्ष्य रहेको छ । जहाँ करिब सयजना छात्राहरुले आवासीय सुविधा प्राप्त गर्नेछन् ।

कार्यक्रममा कांग्रेस नेता सिंहले छात्राबास निर्माणले उक्त विद्यालयकोमात्र नभइ सम्पूर्ण छात्राहरुको शिक्षामा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

त्यस्तै, भारतीय राजदूत रायले अब विकासको राजनीतिले स्थान पाउनुपर्ने भन्दै छोरा र छोरीबीच समानता कायम भएमामात्रै विकास सम्भव हुने धारणा राखे ।